× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपालगञ्जमा स्व. राजा वीरेन्द्रको सालिक हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं घाइते

    २ वर्ष पहिले

    जेठ-१९, बाँकेको नेपालगञ्जस्थित धम्बोझी चोकमा आज राखिएकाे स्व. राजा वीरेन्द्रको सालिक हटाउने क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा एक दर्जन घाइते भएका छन् ।

    त्यसैगरी झडपको क्रममा आक्रोशित समूहले नेपालगन्ज न्युरोडस्थित सहिद सेतु बिकको शालिक समेत तोडफोड गरिको छ ।

    आज जेठ १९ मा स्व. वीरेन्द्रको सम्झनामा राजतन्त्र माग गर्दै आएको समूहले सालिक राखेपछि प्रहरीले बल प्रयाेग गरी हटाउने क्रममा झडप भएकाे थियाे । झडपका क्रममा प्रहरीले केही राउण्ड हवाई फायरसमेत गरेको थियो ।

    जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको बताए । उनले अहिले स्थिति नियन्त्रणमा आएको जानकारी दिए । सो स्थानमा अहिले आवतजावत रोकिएको छ । त्यस क्षेत्रमा अहिले पनि प्रहरी तैनाथ छन् ।

    प्रहरीका अनुसार झडपमा ९ प्रहरी घाइते भएका छन् । प्रदर्शनकारी पनि आधा दर्जन घाइते भएकाे बाँके प्रहरीले जनाएकाे छ । प्रहरीले सालिक हटाउँदा सालिक राख्ने समूहले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

    नेपालगञ्जको धम्बोझी चोकमा रहेको राजा वीरेन्द्रको सालिक लोकतान्त्रिक आन्दोलनका क्रममा आक्रोशित एक समूहले २०६४ सालमा तोडफोड गरेकाे थियाे । तत्पश्चात २०७३ साल भदौ १६ गते ‘राष्ट्रवादी युवा’का नामक संस्थामा आवद्ध राजतन्त्र पक्षधरहरुले प्रहरी छक्याउँदै सालिक पुनःस्थापना गरेका थिए ।