× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन प्रतितोला ९ सय तथा चाँदी प्रतितोला २५ रुपैयाँले भाउ बढ्यो

    २ वर्ष पहिले

    जेठ-२०, आज(शुक्रबार)सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेर छापावाला ९८ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार कायम भएको छ ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार १ सयमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला २५ रुपैयाँ बढेर प्रतितोला १२ सय ९० रूपैयाँमा कायम भएको छ। अघिल्लो दिन १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।