× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन- पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्डमा दैनिक पाँच घण्टा बन्द हुने

    २ वर्ष पहिले

    जेठ-२०, मुग्लिन- पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्डमा जेठ २२ गते आइतबार देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

    मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।

    आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द रहने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँका आयोजनाले जनाएको छ ।

    सो समय अगाडी वा पछाडिमात्र उक्त सडक वारपार गरिदिन सर्वसाधारणलाई आग्रह गर्दै यसबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति सडक योजना क्षमाप्रार्थी रहेको बताइएको छ ।