× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फेरि बढ्दै संक्रमित पछिल्लो २४ घण्टामा २६ थपिए

    २ वर्ष पहिले

    जेठ-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार ४ सय ३१ जना पुगेको छ ।

    २४ घण्टामा ४ हजार ५ सय २८ जनाको पिसिआर परीक्षण गर्दा २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख १२ हजार ८ सय ७८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ७७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ९८ हजार ६ सय ८८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ सय ११ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ सय १ रहेको छ भने संस्थागत आइसोलेसनमा १ जना रहेगरेको छ।

    २४ घण्टामा ९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार १ सय १९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १ जना र भेन्टिलेटरमा उपचार गर्नेको संख्यापनि शुन्य रहेको छ।