× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    किर्तिमानी राफेल नाडालले जिते फ्रेन्च ओपन २०२२ को उपाधि

    २ वर्ष पहिले

    जेठ-२२, राफेल नाडालले किर्तिमानी १४ औ पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।

    भर्खरै सम्पन्न फ्रेन्च ओपन २०२२ को फाइनलमा नाडालले कास्पर रूडलाई ६-३,६-३ र ६-० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपन २०२२ को उपाधि जितेको हो।

    यो जितसँगै नाडालले कीर्तिमानी २२औं ग्राण्ड स्लाम जितेको हो । नाडाल विश्वमा सबैभन्दा बढी ग्राण्ड स्लाम जित्ने खेलाडी हुन् ।

    उनी पछि रोजर फेडरर र नोभाक जोकोभिचले २०-२० ग्राण्ड स्लाम जितेका छन् ।

    यसैगरी ३७ वर्षिय नाडालले सबै भन्दा पाको उमेरमा ग्राण्ड स्लाम जित्ने किर्तिमानी पनि कायम गरेका छन्।