× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनका किराना पसलहरु अबदेखि शनिबार बन्द हुने

    २ वर्ष पहिले

    जेठ-२४, चितवनका किराना पसलहरु अबदेखि शनिबार बन्द हुने भएको छ ।

    किराना व्यवसायी संघ चितवनको जेठ २३ गते बसेको कार्यसमिति बैठकले शनिबार पसल बन्द गर्ने निर्णय गरेको हो । बजारको मागलाई सम्बोधन गर्दै अबदेखि किराना पसल शनिबार बन्द गर्ने निर्णय गरिएको संघका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए ।

    शनिबार पसल खोलेको पाइएमा संघको नियमानुसार जरिवाना गरिने अध्यक्ष पौडेलले बताए।

    संघको निर्णयमा ऐक्यबद्धता जनाउन उनले सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरे ।यस अघि चितवनको किराना पसल सोमबार बन्द हुँदै आएको थियो ।