× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भारत सरकारद्धारा नेपालमा बस्ने आफ्नो नागरिकहरुको विवरण संकलन गर्दै

    २ वर्ष पहिले


    जेष्ठ २५, काठमाण्डौँ ।

    लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका भारतीय नागरिकहरुको विवरण संकलन गरिने भएको छ । काठमाडौंको लैनचौरस्थित रहेको भारतीय दूतावासले एक सूचना जारी गरी कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले आफ्नो विवरण अनिवार्य दर्ता गराउन पर्ने बताएको छ । यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ ।

    दर्ताका लागि भारतीय नागरिक भएको प्रमाणहरु जस्तै : पासपोर्ट, भोटर आईडी कार्ड, जागिर/विद्यार्थी आदिका लागि सम्बन्धित संस्थाको पत्र, नेपालमा बस्दै आएको ठेगानाको प्रमाण र दुई थान पासपोर्ट साइजको फोटो आवश्यक पर्ने दूतावासले जनाएको छ । हाल नेपालमा झण्डै ७ लाख भारतीय नागरिकहरु नेपालको विभिन्न ठाउहरुमा बस्दै आएको दुतावासले जनाएका छन् ।