× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरोका कारण राजधानि भित्रनै मुख्य राजमार्ग अबरुद्ध

    २ वर्ष पहिले

    जेष्ठ २६, मुग्लिन
    अविरल वर्षाका कारण विभिन्न ठाउमा पहिरो खस्दा राजधानी जोड्ने मुख्य राजमार्गहरु अबरुद्ध भएका छन् । पृथ्वी राजमार्ग अन्र्तगत चितवनको इच्छाकामना गा.पा. वडा नं. ४ स्थित घोप्टेभिर नजिकै राति ११ बजे खसेको पहिरोका कारण राजमार्ग ठप्प बनेको छ ।

    त्यस्तै मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत ४ किलो नजिकै राति ३ बजे खसेको पहिरोका कारण राजमार्ग अबरुद्ध बन्न पुगेको थियो ।


    सडक डिभिजन कार्यालय भरतपुरको लोडरको प्रयोग पछि मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । ४ किलोको पहिरो हटाएपछि सडक डिभिजन कार्यालयको लोडर यतिखेर घोप्टेभिर नजिकै खसेको पहिरो हटाउने कार्य शुरु गरेको छ ।

    पहिरो ठुलो नभएका कारण दुई तर्फी यातायात सञ्चालन गर्न २ घण्टा लाग्न सक्ने प्रहरीले बताएका छन् ।