२ वर्ष पहिले
जेठ-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार ५ सय ५४ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ६ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख २३ हजार ३ सय जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ९८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १० जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ५ हजार ५ सय ११ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ सय १२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ सय १२ रहेको छ भने संस्थागत आइसोलेसनमा शुन्य रहेको छ।
२४ घण्टामा ९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ६७ हजार १ सय ७१ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्यापनि शुन्य रहेको छ।