× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १ , बागमती, गण्डकी र मधेश प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

    २ वर्ष पहिले

    जेठ-२७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश १ , बागमती, गण्डकी र मधेश प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    आज दिउँसो प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा मा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।