× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढायो

    २ वर्ष पहिले

    जेठ-२७, सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ ।

    यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो । अहिले यात्रु बाहकको २.५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको छ ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो । निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ । प्रदेशहरूले यसै आधारमा छोटो दूरीको सवारी भाडा बढाउनेछन् ।