× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशको विभिन्न स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना

    २ वर्ष पहिले

    जेठ-२८, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको विभिन्न स्थानमा मेघ गर्जन चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

    आज दिउँसो प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।

    प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन , चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागहरूका एक दुई स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।