× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बाँकेको नापी कार्यालयमा आगोलागी

    २ वर्ष पहिले

    काठमाडौं । बाँकेको नेपालगन्जस्थित नापी कार्यालयमा आगलागी भएको छ । शनिबार बेलुका आगलागी भएको हो । विद्युत सर्किट सर्ट भएर कार्यालयको सर्भरकक्षबाट आगलागी सुरु भएको हुन सक्ने प्रहरीले जनाएको छ । यतिबेला स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिइसकेका छन् । “यतिबेला आगो नियन्त्रणमा आइसकेको र मुचुल्का उठाउने काम भइरहेको हुँदा क्षतिबारे केहीबेर पछि थाहा हुने,” जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्र डम्मरपालले जानकारी दिएका छन् ।