२ वर्ष पहिले
एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले घरेलु टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहँदा उनी टेक्निकल एरियामा अचेत भएपछि अस्पताल लगिएको हो ।
पहिलेबाटै मुटुमा समस्या रहेको भनिएपनि उनी के कारणले अचेत भएको खुलेको छैन । अब अस्पतालबाट आउने रिपोर्टले नै उनलाई के भएको भन्न सकिनेछ ।
८५ मिनेटको खेल जारी रहँदा नेपाल कुवेतसँग ४–० ले पछि परिरहेको छ । यसअघि नेपाल छनोटको पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो ।