× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनाका नारायण अधिकारी एमालेको तर्फबाट जिसस चितवन प्रमुखको उम्मेदवार

    २ वर्ष पहिले

    जेठ-२९, इच्छाकामना गाउँपालिकाका नारायणप्रसाद अधिकारीलाई एमालेले जिल्ला समन्वय समिति(जिसस) चितवन प्रमुखको उम्मेदवार बनाएको छ।

    नेकपा एमालेबाट जेठ ३१ गतेका लागि तोकिएको जिसस चितवनको निर्वाचनको लागि अधिकारीलाई प्रमुखको उम्मेद्वार बनाो हो ।

    अधिकारी यहि वैशाख ३१ सम्पन्न स्थानीय तह निर्वाचनमा इच्छाकामना गाउँपालिकाको वडा नं. ३ को वडासदस्यमा भारी मतले निर्वाचित भएका थिए ।

    निर्वाचनमा उम्मेद्वारी रहदा देखि नै अधिकारीलाई जिसस प्रमुखको दाबेदारको रुपमा हेरिएको थियो । सोही अनुरुप अधिकारीलाई एमालेले जिसस चितवनको प्रमुखमा उम्मेद्वारको रुपमा अघि सारेको हो ।

    हाल नेकपा एमालेको बागमती प्रदेश कमिटि सदस्य तथा चितवन क्षेत्र नं ३ पुर्व ईन्चार्ज समेत रहेका अधिकारी अवकाश प्राप्त शिक्षक पनि हुन्।