३ वर्ष पहिले
जेठ-३१, इच्छाकामना गाउँपालिकाका नारायणप्रसाद अधिकारी जिल्ला समन्वय समिति(जिसस) चितवन प्रमुखमा विजयी हुनुभएको छ।
सातवटा पालिका रहेको चितवनमा पालिका प्रमुृख र उपप्रमुख गरी १४ जना सदस्यले मताधिकार प्रयोग गर्दा एमालेका अधिकारी र पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँगे्रसका पूर्णबहादुर रानाभाटले बराबर मत ल्याएपछि गोलाप्रथा गर्दा अधिकारीले जितेका हुन् ।
उपसभापति पदमा भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा यस अघि नै निर्विरोध भइसकेकी छन् ।