× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जिसस चितवनमा एमालेको प्रमुख सहित ६ सदस्य उम्मेदवार विजयी

    २ वर्ष पहिले

    जेठ-३१,जिल्ला समन्वय समिति चितवनको निर्वाचनमा नेकपा एमालेका सभापति पदका उम्मेदवार नारायणप्रसाद अधिकारी सहित ६ जना सदस्य विजय भएका छन् ।

    मंगलबार भरतपुरमा सम्पन्न मतदानमा गोलाप्रथाबाट प्रमुखमा अधिकारी सहित एमालेका ६ जना सदस्यका उम्मेदवार निर्वाचित भएका हुन ।

    सातवटा पालिका रहेको चितवनमा पालिका प्रमुृख र उपप्रमुख गरी १४ जना सदस्यले मताधिकार प्रयोग गर्दा एमालेका अधिकारी र पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँगे्रसका पूर्णबहादुर रानाभाटले बराबर मत ल्याएपछि गोलाप्रथा गर्दा अधिकारीले जितेका हुन् । उपसभापति पदमा भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा यस अघि नै निर्विरोध भइसकेकी छन् ।

    उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भइन् । उनको स्थानमा एमालेले उम्मेदवार नउठाएपछि कल्पना निर्विरोध भएकी हुन् ।

    त्यसैगरी सदस्यहरुमा ६ सदस्यमध्ये एमालेबाट ४ जना र गठबन्धनबाट २ जना विजयी भएका छन् । एमाले र गठबन्धनको बराबर सात/सात मत आएपछि गोला प्रथाबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका संजीवप्रसाद पौडेल, नेकपा एमालेका कृष्णप्रसाद भट्टराई र बाबुराम सुवेदी निर्वाचित भए । ३ जनाका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट नेकपा (माओवादी केन्द्र)का अर्जुन भण्डारी, धर्मलाल देवकोटा र एमालेका लक्ष्मीनारायण चौलागाई पराजित भए ।

    महिलातर्फ तीन जना सदस्यका लागि भएको निर्वाचनमा नेकपा एकीकृत समाजवादीकी पुजना गुरुङ १४ मत प्राप्त गर्दै निर्वाचित भइन् । महिला सदस्यहरुमा नेकपा एमालेकै सविता चौधरी र अनिता नेपाल पनि गोलाप्रथाबाट नै निर्वाचित भए । कांग्रेसकी अनिता चौधरी र माओवादीकी सुमित्रा तामाङ श्रेष्ठले पराजित हुन पुगे ।

    एक जना दलित वा अल्पसंख्यक सदस्यमा एमालेकी गुनु विक गोलाप्रथाबाट निर्वाचित भइन् । नेपाली कांग्रेसकी केशरी माया सुनार र गुनुको बराबर ७ मत भएपछि गोलाप्रथाबाट विक निर्वाचित भएकी हुन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको निर्वाचनमा कुल १६ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरि १४ जनाले भाग लिएका थिए ।