× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २५ संक्रमित थपिए, निको हुनेको संख्या १५

    २ वर्ष पहिले

    असार-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार ६ सय ५९ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ८ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ३४ हजार ९ सय ८५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ४९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ११ हजार ९ सय ७९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९७ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ जना रहेको छ।

    २४ घण्टामा १५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ६७ हजार २ सय ४८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्यापनि शुन्य रहेको छ।