× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठ डेकोरेसन अफ अनर इन सिल्भर पदबाट विभूषित

    २ वर्ष पहिले

    असार-२, मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठ अस्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर पदबाट विभूषित भएका छन् ।

    जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अस्ट्रिया सरकारले दिने पदक ग्रहण गर्न स्वीकृति दिएको थियो।मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निर्णय बारे जानकारी दिएका हुन्।

    श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन्।डेकोरेसन अफ अनर अस्ट्रिया सरकारद्वारा सम्मानित गरिने पदक हो । अस्ट्रिया र विदेशबाटसमेत जसले देशको लागि उत्कृष्ट सेवाहरू प्रदान गरेका छन्, उनीहरुलाई यो पदक प्रदान गरिन्छ।