२ वर्ष पहिले
असार ४, मुग्लिङ
केहिदिन देखि परेकाे अविरल वर्षाका कारण राजधानी जाेड्ने मुख्य राजमार्गहरु पहिराेका कारण अबरुद्व हुँदै आएकाे छ । शुक्रवार पनि पृथ्वीराजमार्ग अन्तरगत चितवनकाे ईच्छाकामा गा.पा. वडा नं. ४ स्थित घाेप्टेभिर र ठाडे खाेलामा पहिराे खस्दा झण्डै ३ घण्टा राजमार्ग अबरुद्व बनेकाे थियाे । राति ११ बजे खसेकाे पहिराेकाे कारण सयाै सवारी साधनहरु जाममा फसेका थिए । मुग्लिङ प्रहरी र सडक डिभिजन कार्यालयकाे सक्रियतामा पहिराे खसेकाे केही समयमै पहिराे हटाउन सुरु गरि राति २:३० बजे देखि यातायात सञ्चालन भएकाे छ । पहिराे हटाउने काम सबै सकाएर र राजमार्ग दुवै तर्फ नै सञ्चालन भईरहेकाे ड्युटीमा खटिएका प्रहरी हवल्दार कृष्ण गुरुङ्ले हाइवे समाचारलाई जानकारी दिएका छन् ।
उता मुग्लिङ नारायणगढ सडक खण्डमा भने पहिराे नरहेकाे र यातायता सञ्चालन भईरहेकाे ट्राफिक प्रहरी कार्यालय मुग्लिङका प्रहरी नायव निरिक्षक विरेन्द्र महतले हाईवे समाचारलाई जानकारी दिएका छन् । साथै उहाले सवारी चालहरुलाइ आफ्नाे लेनमा मात्र सवारी चलाउनका लागि पनि अनुराेध गरेका छन् ।