२ वर्ष पहिले
असार ४, चितवन
मुग्लिन नारायणगढ सडक खण्डमा सुख्खा पहिरो खस्दा राजमार्ग पुर्ण रुपमा अबरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउपालिका वडा नं. ६ कालीखोला नजिकै टोपे खोलामा विहान ११ बजे खसेको ठुलो पहिरोका कारण राजमार्ग पूर्ण रुपमा अबरुद्ध बन्न पुगेको हो । पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरको लोडर मगाइएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी नायव निरिक्षक विरेन्द्र महतले हाइवे समाचारलाई जनाएका छन्। पहिरो हटाइ राजमार्ग सुचारु गर्न ३ देखि ४ घण्टा लाग्न सक्ने उहाँले बताए ।