× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    घरभित्र रहेको ईनार सफा गर्ने क्रममा २ जनाको मृत्यु

    २ वर्ष पहिले

    असार-४, चितवन। चितवनको माडी नगरपालिका ७ देबेन्द्रपुरस्थित पिपल चोकमा स्थानीय रिता रेग्मीको घरभित्र रहेको ईनार सफा गर्ने क्रममा २ जनाको ज्यान गएको छ । उनीहरुको अक्सिजनको अभावमा ईनारभित्र निस्सासिएर ज्यान गएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

    मृत्यु हुने दुबै जना माडी ८ का बर्ष ३० का शिब राई र अर्का बर्ष २५ का सुर्य गुरुङ्ग रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पहिला ईनार सफा गर्न छिरेका सुर्य गुरुङ्ग र उनलाई उद्वार गर्न छिरेका शिब राई दुबै जनाको ईनारमा डुबेर मृत्यु भएको हो । यसैगरी उनीहरुको शबलाई पोस्टमार्टमका लागि भरतपुर पठाउन लागिएको प्रहरीले जनाएको छ ।