× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रियंका रानीले जितिन् ‘मिस नेपाल वर्ल्ड २०२२’ को उपाधि

    २ वर्ष पहिले

    असार-४, यस वर्षको मिस नेपाल वर्ल्डको ताज काठमाडौंकी २४ वर्षीया प्रियंका रानी जोशीले जितेकी छन् ।

    शनिबार ललितपुरमा आयोजित विशेष समारोहमा आयोजक ‘द हिडन ट्रेजर’ले २४ प्रतिस्पर्धी मध्ये जोशीको नाम विजेताको रुपमा घोषणा गरेको हो ।

    यस्तै मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले जितेकी छन् ।ललितपुरको गोदावरीमा आयोजित विशेष समारोहमा विजेता जोशीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन् ।

    कोरोना महामारीका कारण दुई वर्षका लागि रोकिएको मिस नेपाल प्रतिस्पर्धा यस पटक भव्य रुपमा सम्पन्न गरिएको आयोजक द हिडेन ट्रेजरले जनाएको छ ।