× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सरकारले मध्यरातमा इन्धनको मूल्यमा भारी बृद्धि गर्यो, पेट्रोलको मूल्य १९९ रुपैयाँ

    २ वर्ष पहिले

    असार-६, सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ ।

    नेपाल आयल निगमले आइतवार राति ११ बजे विज्ञप्ति प्रकाशित गरी मध्यराति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यमा भारी बृद्धि गरेको हो ।

    मूल्यबृद्धिपछि पेट्रोल लिटरको २ सय रुपैया नजिक पुगेको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैया बृद्धि गरिएको छ ।

    पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैया थियो । डिजेल र मट्टितेलको पनि एकैपटक २७ रुपैया बृद्धि भएको छ । डिजेल र मट्टितेलको मूल्य अब प्रतिलिटर १९२ पुगेको छ ।

    निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गरी १८५ रुपैयाँ र बाह्य तर्फ भने १०० अमेरिकी डलर मुल्यवृद्धि गरेको छ।

    खाना पकाउने ग्यासको मूल्य भने यथावत छ । मूल्यबृद्धि पछिपनि मासिक ४ अर्ब ७० करोड घाटा रहेको निगमले दावी गरेको छ ।