३ वर्ष पहिले
असार-६, नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायातले चक्काजाम गरेका छन् ।
कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोकमा सडकमा सवारी साधन तेस्र्याएर यातायात अवरुद्ध पारेका छन् ।
सवारी चालकहरुले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राखेका छन् । सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने उनीहरूले बताएका छन् । चक्काजामका कारण सडकमा एम्बुलेन्स समेत रोकिएका छन् ।