× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सरकारले सार्वजनिक यातायातको भाडा बढायो

    २ वर्ष पहिले

    असार-६, सरकारले सार्वजनिक यातायातको भाडा दर बढाएको छ।पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धिसंगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधन (गाडी)को भाडा बढाएको हो ।

    विभागले सोमबार एक सूचना निकाल्दै दुई वा दुईभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा स्वचालित प्रणाली बमोजिम बढाएको हो।

    जस अनुसार अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले जनाएको छ ।

    स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।