× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एन्फा अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित

    २ वर्ष पहिले

    असार-६, अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन् ।

    सोमबार भएको केन्द्रिय कार्यसमितिको साधरणसभाबाट उनले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।

    बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनबाट पंकजले ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी कर्माले ३९ मत पाए । कुल ८४ मत खस्दा स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् ।

    अध्यक्षपछि अहिले वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ । वरिष्ठ उपाध्यक्षमा पंकज प्यानलबाट बिर बहादुर खड्का र कर्मा प्यानलबाट शिक्षित पराजुली चुनावी मैदानमा रहेका छन् ।