× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन पुलबाट हामफालेर एक व्यक्ति बेपत्ता ।

    २ वर्ष पहिले

    असार ६, मुग्लिन
    मुग्लिङ पुलबाट आज एकजना पुरुष त्रिशुलीमा हामफालेर बेपत्ता भएका छन् । आज दिउसो २ः५० बजेको समयमा अन्दाजी ५०÷५५ बर्ष उमेरको पुरुष मुग्लिङको पुरानो पुलबाट त्रिशुलीमा हाम फालेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । त्रिशुलीमा हामफाल्ने पुरुषको पहिचान भईनसकेको हुदा पहिचानको लागि अनुसन्धान भईरहेको प्रहरीले बताए ।
    पुलबाट हामफालेको प्रत्यक्ष रुपमा देखेका स्थानीय पुलजिपका मनु गुरुङका अनुसार त्रिशुलीमा फालहान्नु अघि नजिकै रहेको रेष्टुरेन्टमा माधकपदार्थ सेवन गरेको र पटक–पटक मोवाइलमा कुरा गरिरहेको देखेको बताए । त्यस्तै सो व्यक्तिले पुलबाट हामफाल्दा पनि वियरको बोतल साथमै रहेको प्रत्यक्षदर्शी गुरुङ्गले बताए । प्रहरीका अनुसार सो व्यक्तिले निलो जिन्सको पाइन्ट, सेटो सर्ट र मुखमा निलो रंगको सर्जिकल मास्क लगाएको जनाएको छ ।