× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अफगानिस्तान भूकम्पमा ज्यान गुमाउनेको संख्या २८० पुग्यो

    २ वर्ष पहिले

    असार-८, अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८० पुगेको छ । अन्य कैयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    एक स्थानीय अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार मृतकको संख्या २८० पुगेको छ । यो संख्या अझै बढ्न सक्ने ती अधिकारीले बताएका छन् । अहिले उद्धारको कार्य जारी रहेको बताइएको छ ।

    भूकम्पको सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । यहाँबाट आएको तस्विरमा घाइतेहरूलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो । अफगानिस्तानसहित पाकिस्तान र भारतमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।