× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अफगानिस्तान भूकम्प अपडेट: करिब हजारकाे मृत्यु, सयाैं घाइते

    २ वर्ष पहिले

    असार-८, अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ भने ६ सय बढी घाइते भएका छन् ।

    तालिवानका प्रकोप व्यवस्थापन अधिकारीका अनुसार उद्धारकर्ताहरू भूकम्पग्रस्त दुर्गम क्षेत्र पक्तिका र खोस्ट प्रान्तमा पुग्ने कोसिस गरिरहेका छन् ।

    ‘अहिलेसम्म हामीले प्राप्त गरेको जानकारी अनुसार कम्तीमा ९२० जना मारिएका छन् र ६०० जना घाइते भएका छन्,’ विपद् व्यवस्थापन उपमन्त्री मौलावी सराफुद्दीन मुस्लिमले बुधबार पत्रकार सम्मेलनमा बोल्दै भनेका छन् ।

    ‘केही गाउँहरू पहाडका दुर्गम क्षेत्रमा भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने सम्भावना छ र विवरण सङ्कलन गर्न केही समय लाग्ने छ,’ आन्तरिक मन्त्रालयका अधिकारी सलाहुद्दिन अयुबीले यसअघि नै भनेका छन् ।

    तालिवान नेता हिबतुल्लाह अखुन्दजादाले पनि सयौं घर ध्वस्त भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।