× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सपना भिलेजद्वारा इच्छाकामना काउलेका सिमान्तकृत चेपाङ समुदायलाई ५० हजार अम्रिसोको विरुवा वितरण

    २ वर्ष पहिले

    असार-८, चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ काउलेका सिमान्तकृत चेपाङ समुदायलाई सपना भिलेज सोसल इम्प्याक्टले मंगलवार अम्रिसोको विरुवा वितरण गरिएको छ ।

    सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ नामक परियोजनाले १०० जना किसानलाई ५० हजार विरुवा वितरण गरेको हो । काउलेमा आयोजित कार्यक्रममा परियोजनाका कार्यक्रम निर्देशक सुजन बस्नेतले विरुवा हस्तान्तरण गरेका थिए ।

    सीमान्तकृत चेपाङ समुदायको जीविकोपार्नन र आयआर्जनको लागि अम्रिसोको विरुवा वितरण गरिएको बस्नेतले बताए । केही समयपछि चेपाङ समुदायलाई ५० हजार डालेघाँस र ६ हजार सुन्तला र कागतीको विरुवा वितरण गर्ने योजना रहेको कार्यक्रम निर्देशक बस्नेताले बताए । सपना भिलेन सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले व्यवसायिक रुपमा खेतीगर्ने गरी अम्रिसोको विरुवा वितरण गरिएको बताए ।

    परियोजनाले चेपाङ समुदायको जीवन स्तर उकास्न विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । प्रतियोगिताले जीवनशैली र पारिवारिक वाताबरणमा सुधार आएको छ ।

    परियोजनाले चेपाङ समुदायको शिक्षा,स्वास्थ्य,खानेपानी र जीविकोपार्ननको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष गिरीले बताए । साढे दुई बर्ष अघि सुरु भएको सो परियोजनाले काउलेका ६६५ परिवार लाभान्वित भएका छन् ।