× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिँइदै

    २ वर्ष पहिले

    असार-९, सरकारले आजदेखि २७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिँदै छ ।

    खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २७ जिल्लाका बालबालिकालाई आजदेखि १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइनेछ । बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइनेछ ।यो उमेर समूहका बालबालिकालाई दिन लागिएको फाइजर बायोएन्टेक खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।

    सरकारले प्रत्येक खोप केन्द्रमा एक तालिमप्राप्त स्वास्थ्यकर्मी राख्ने र खोप लगाएका बालबालिकामा केही असर देखिए केन्द्रमा नै उपचारको व्यवस्था गर्ने जनाएको छ ।

    खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुनसक्ने भएकाले यस्ता असरलाई स्वाभाविक रूपमा लिन परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ ।

    यीबाहेक अन्य असर देखा परे तुरुन्त अनुसन्धान थाल्ने पनि महाशाखाले जनाएको छ ।

    आज देखि खोप दिइने २७ जिल्लाहरुमा झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पुर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली कञ्चनपुर र डडेलधुरा रहेका छन्।