× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना ५ मा सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई समाधान गर्न संकलित तथ्याङ्कको आधारमा छिट्टै निस्सा वितरण गरिने- वडा अध्यक्ष शेरचन

    २ वर्ष पहिले

    असार-९, चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई समाधान गर्न संकलित तथ्याङ्कको आधारमा छिटै अस्थायी निस्सा वितरण गरिने वडा अध्यक्ष तेजबहादुर शेरचनले बताएका छन्।

    सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई समाधान गर्न वडा स्तरीय भुमिहीन र अब्यबस्थित बसोबास ब्यबस्थापन सहजिकरण समिति गठन गर्ने क्रममा वडा अध्यक्ष शेरचनले समितिको आगामी बैठकले नियमानुसार निवेदन दिएर फारम भरेकाहरुलाई अस्थायी निस्सा वितरण गर्ने मिति तय गर्ने बताउनुभयो।

    भुमि आयोगको सुचना अनुसार सुकुम्बासी तथा अव्यवस्थित बसोबासको भएकाहरुले निवेदन दिने समयअवधि सम्ममा ईच्छाकामना ५ मा २ सय ७३ जनाले निवेदन दिइएको र त्यसमा दलित सुकुम्बासी १०, भुमिहीन सुकुम्वासी ७९ र अब्यबस्थित बसोबास भएको १८४ जना रहेको अध्यक्ष शेरचनले जानकारी दिए।