× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको रुपैयाँको बजेट प्रस्तुत

    २ वर्ष पहिले

    असार-१०, भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट ल्याएको छ ।

    उप–प्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान गरिएको छ ।बजेटमा जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड तथा जिल्ला समन्वय समितिबाट ५ करोड आउने अनुमान गरिएको छ ।

    त्यस्तै निर्माण सम्पन्न हुन नसकेका आयोजनाहरुका लागि १ अर्ब ३० करोड रकम छुट्याइएको छ, भने महानगरका २९ वटै वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख रकम विनियोजन गरिएको छ ।ठूला तथा रणनीतिक महत्वको पूर्वाधार निर्माणका लागि ६ करोड, ढल, सार्वजनिक शौचालय, ओभरहेड ब्रिज लगायतका पूर्वाधारका लागि २८ करोड, कृषि तथा पशु विकासका लागि १५ करोड ५० लाख रकम छुट्याइएको छ ।

    यसै गरी शिक्षामा १३ करोड, स्वास्थ्यमा ७ करोड, मर्मत सम्भारका लागि ८ करोड तथा खानेपानी बोर्डलाई महिनाको ७ हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराए वापत ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    त्यस्तै फोहोरमैला व्यवस्थापन तथा पार्कका लागि ७ करोड, सूचना प्रविधि तथा डिजिटल प्रणालीको लागि ३ करोड, रोजगार प्रबद्र्धनका लागि २ करोड ५० लाख, उद्योग तथा पर्यटनका लागि २ करोड ५० लाख, खेलकुदका लागि २ करोड छुट्याइएको छ ।यसै गरी छोरी बीमा कार्यक्रमका लागि २ करोड, नागरिक विश्रामस्थलका लागि २ करोड, विपद् व्यवस्थापनका लागि २ करोड ४५ लाख ५२ हजार, करदाताको अभिलेख डिजिटलाइज्ड गर्न १ करोड तथा नागरिक सहायता केन्द्र सञ्चालन गर्न १ करोड रुपैयाँ छ्ट्याइएको छ ।

    यस्तै दीगो पूर्वाधार विकासका लागि ५० लख, प्रशासनिक खर्चका लागि ७५ करोड तथा लक्षित वर्ग कार्यक्रमका लागि ५० लाख रकम विनियोजन गरिएको छ ।