× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो

    २ वर्ष पहिले

    असार-११, सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । कर कटौती गरेर मूल्य घटाइएको हो । सत्ता गठनबन्धनको बैठकपछि सरकारले मूल्य घटाइएको जानकारी दिएको हो ।

    शनिबार पत्रकार सम्मलेन आयोजना गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको बताएका हुन् । यो नयाँ व्यवस्था शनिबर राति १२ बजेदेखि नै कार्यान्वयनमा आउनेछ ।

    नयाँ व्यवस्था अनुसार डिजेल र मट्टितेल दुवैमा २८ रुपैयाँका दरले भाउ घटेको छ भने पेट्रोलमा २० रुपैयाँ मूल्य घटेको छ । कर कटौती भएपछि अब डिजेल र मट्टितेल दुवैको मूल्य प्रतिलिटर १६४ पर्नेछ । यस्तै, पेट्रोलको भाउ १७९ रुपैयाँ पर्ने भएको छ ।

    यसअघि शनिबार बिहान बसेको सत्ता गठबन्धन बैंठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो ।