× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना र शहिद लखनका नव निर्वाचित जनप्रतिनिधिहरूलाइ सम्मान एवं शुभकामना कार्यक्रम सम्पन्न ।

    २ वर्ष पहिले

    चितवन, असार १२ । नव निर्वाचित जनप्रतिनिधिहरूलाइ मनकामना दर्शन प्रा.लि. र कार्यरत कर्मचारीहरूकाे तर्फबाट केवुलकार कर्मचारी यूनियनले सम्मान एवं शुभकामना कार्यक्रम सम्पन्न गरेका छन । कार्यक्रममा साविककाे मनकामना गा.वि.स. (शहिद लखन गा.पा. वडा २ र ३) र साविककाे दारेचाेक गा.वि.स. (इच्छाकामना गा.पा. वडा ३, ४ र ५) का वडाध्यक्ष सहित दुवै गा.पा.का प्रमुख र उपप्रमुखहरू सहभागी रहनु भएकाे थियाे ।

    उक्त कार्यक्रममा स्वागत मन्तव्यकाे साथमा बधाइ तथा शुभकामना मन्तव्य कर्मचारी यूनियनका अध्यक्ष राजेन्द्र लामाले गर्नु भएकाे थियाे । कम्पनि तथा व्यवस्थापककाे तर्फबाट बधाइ तथा शुभकामना मन्तव्य कम्पनिका अपरेशन तथा मेन्टिनेन्स हेड इन्जिनियर सुनील कर्माचार्यले गर्नुभएकाे थियाे । कार्यक्रममा मनकामना केवुलकारले बार्षिक रूपमा करिब १२ लाखकाे हाराहारीमा यात्रुहरूलाइ सेवा दिदै आइ रहेकाे जानकारी गराउदै यसबाट पर्यटकिय व्यापारले दुवै गाउपालिकालाइ ठुलाे सहयाेग भइरहेकाे जनाउदै मनकामना दर्शन प्रा. लि.बाट दुवै गा.पा.लाइ बार्षिक रूपमा दिदै आएकाे अनुदान सहयाेग रकमकाे सदुपयाेग अत्यावश्यक भाैतिक पूर्वाधार र पर्यटकिय सुबिधामा लगानी हाेस भन्ने चाहना रहेकाे कुरा समेत कर्माचार्यले बताउनु भयाे ।

    कार्यक्रममा आफ्नाे मन्तव्य राख्दै शहिद लखन गा.पा.का अध्यक्ष रमेश बाबु थापाले इच्छाकामना र शहिद लखनकाे व्यापारीक, धार्मिक र साँस्कृतिक सम्बन्धलाइ अझ मजबुत बनाउन आफु अत्यन्त इच्छुक रहेकाे जिकिर गर्दै इच्छाकामना र मनकामनाकाे सम्बन्ध दिदी र बैनीकाे हाे भनी बताउनु भयाे । त्यस्तै इच्छाकामना गा.पा.का अध्यक्ष दान बहादुर गुरूङले कम्पनीमा कार्यरत कर्मचारी र जनप्रतिनिधि दुवै जनताकाे सेवाकाे लागी भएकाे जिकिर गर्दै कर्मचारी परिवारले दिदै आएकाे सेवाबाट आफु अत्यन्तै प्रभावित रहेकाे भन्दै याे ५ बर्षकाे कार्यकाल संगसंगै बिकास र सेवामा लाग्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयाे । मनकामना दर्शन प्रा. लि.बाट हुदै आएकाे सहयाेगकाे लागी हार्दिक धन्यबाद ज्ञापन गर्दै समृद्ध इच्छाकामना र समृद्ध शहिदलखन गाउपालिकाकाे याेजनाहरूमा अझ बढि अग्रसरता एवं तत्परता देखाउन समेत अध्यक्षद्वयले अनुराेध गर्नु भयाे ।
    कार्यक्रमकाे समापन मनकामना दर्शन प्रा. लि. का प्रशासन प्रमुख शशि श्रेष्ठले गर्नुभएकाे थियाे ।