× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मन्त्रालयबाट बिदा हुन लाग्दा रोइन् रामकुमारी झाँक्री

    २ वर्ष पहिले

    असार -१२, सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छिन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलनको सुरुवातमै उनी रोएकी हुन् ।

    मन्त्री हुँदाको सुरुको दिन हाँसेको फोटोले भाइरल भएकी झाँक्री मन्त्री पद छोडेको दिन भने रोएर चर्चामा आएकी छन् । पत्रकार सम्मेलनको कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछ्दै राेइन् ।

    पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी थिइन् ।

    बिदाई कार्यक्रममा झाक्री पटक पटक भावुक बनेकी थिइन्। झाक्रीले बारम्बार कागजले आँसु पुछिन्। उनले आँसु खसाल्दै राेइरहँदा कर्मचारी र पत्रकारहरु भने मुसुमुसु हाँसिरहेका देखिन्थे ।