× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एक पटक चार्ज गर्दा ७ महिना सम्म चल्ने इलेक्ट्रिक कार

    २ वर्ष पहिले

    युरोपेली कम्पनी लाइटइयरले एक पटक चार्जमा ७ महिनासम्म चल्ने इलेक्ट्रिक कार निर्माण गरे पछि यसको चर्चा चुलिएको छ । यो कारको नाम लाइटइयर ‘ओ’ राखिएको छ । सो कारले इलेक्ट्रिक कारले दिने रेन्जको कमीलाई केही हदसम्म कम गरेको छ ।

    लाइटइयर ‘ओ’ इलेक्ट्रिक कारले आफ्नो डिजाइन र टेक्नोलोजीका कारण धेरैको ध्यान खिचेको छ । लाइटइयर ‘ओ’ वास्तवमा कम घाम लाग्ने देशमा ब्याट्री चार्ज नगरी ७ महिनासम्म ड्राइभ गर्न सक्ने अनुमान गरिएको छ । यो इलेक्ट्रिक कार नेदरल्याण्डमा २ महिना टिक्न सक्ने कम्पनीको विश्वास छ ।

    सो इलेक्ट्रिक कारमा जडान गरिएको ५४ वर्ग फुट पेटेन्ट गरिएको डबल–कर्भ सोलार प्यानलबाट ब्याट्री चार्ज गर्छ । जसका कारण कार चलाउँदा पनि ब्याट्री चार्ज भइरहन्छ । ईभी निर्माताले लाइटइयर ‘ओ’ आफ्नै सौर्य शक्तिबाट ७० किलोमिटरसम्म चल्न सक्ने दाबी गरेको छ । यो प्रति वर्ष ११ हजार किमीसम्म चलाउन सकिन्छ ।

    सोलार चार्जिङ बाहेक यो इलेक्ट्रिक कार फुल चार्ज ब्याट्रीमा ६२५ किलोमिटरसम्म चलाउन सकिन्छ । यसमार्फत हाईवेमा ११० किलोमिटर प्रतिघन्टाको गतिमा ५६० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । लाइटइयर ‘ओ’ लाई हाल विश्वको सबैभन्दा प्रभावकारी इलेक्ट्रिक कारको रूपमा दावी गरिएको छ ।

    यो कार दैनिक ३५ किलोमिटरसम्म चलाउन सकिन्छ । यसका लागि कारलाई घाममा पार्क गर्नुपर्छ, जसले गर्दा ईभीमा जडान गरिएको सोलार प्यानलबाट ब्याट्री चार्ज गर्न सकिन्छ । लाइटइयरले यो वर्षको अन्त्यमा ईभी उत्पादनमा जाने घोषणा गरेको छ । यसको डेलिभरी नोभेम्बर २०२२ मा सुरु हुने अपेक्षा गरिएको छ ।