× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    लिफ्ट मागेका तीन भारतीयद्वारा गाउँपालिका कर्मचारीमाथि निर्घात कुटपिट गरि गाडी लुटेर भागे

    २ वर्ष पहिले

    असार-१३, कैलालीमा एक सरकारी कर्मचारीले अरुको भलाई गर्न खोज्दा आफै लुटिनुका साथै कुटपिटको शिकार हुनपुगेको छ।

    डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीले आफ्नो नीजि गाडिमा लिफ्ट मागेका तीन भारतीयलाई सहयोग गर्न खोज्दा आफै लुटिन पुगेका हुन् ।

    महेन्द्रनगरबाट भण्डारीको गाडीमा लिफ्ट मागेर आएका भारतीय लुटराले गोदावरी ५ मा आइपुगेपछि उनलाई नै आक्रमण गरेका थिए । निर्घात कुटपिटपछि बाँधेर सडकमा छाडेर हिँडेको प्रहरीले जनाएको छ । उनीहरुले भण्डारीको निजी सवारी पनि लगेका छन् ।

    पिडितका अनुसार महेन्द्रनगरबाट लिफ्ट दिएर ल्याएको व्यक्तिले रोकेर फोटो खिच्न आग्रह गरेपछि उनले गाडी रोके । त्यसपछि आफूलाई हातमुख बाँधेर ढुंगाले हानेको र गाडी लगेको उनले प्रहरीलाई जानकारी गराएका छन् ।

    हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।