× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरो सफा गर्ने क्रममा ढुङ्गाले लोडरमा लाग्यो, अपरेटरको अवस्था सामान्य

    २ वर्ष पहिले

    असार १४, मुग्लिन
    पहिरो हटाउने क्रममा माथीबाट ढुङ्गा खसेर लाग्दो लोडरमा क्षति पु¥याएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउपालिका वडा नं. ४ नाग्दी खोलामा खसेको पहिरो हटाउने क्रममा ढुङ्गा खसेर लाग्दा लोडरमा क्षति पु¥याएको हो । ढुङ्ग खसेर सडक डिभिजन कार्यालय चितवनको बा.प्र.०१–०० ग ४०५४ नम्बरको लोडरलाई क्षति पु¥याएको तर लोडरका अपरेटर बासु दुलाल भने सकुसल रहेको प्रहरीले बताएका छन् । दिनहु वर्षा हुने र पहिरोका कारण राजमार्ग लामो समय सम्म अबरुद्ध हुने भएकोले तत्काल पहिरो हटाइ राजमार्ग सुचारु गराउन हेभी इक्वाप्मेन्ट हेटौडाले ३ वटा लोडर र १ वटा जेसिभीको प्रयोग गर्दै आएको छ ।