× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गिनिज बुकमा विश्व कीर्तिमान राखेका भारतीय अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने

    २ वर्ष पहिले

    असार -१४, एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका भारतीय अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने भएका छन् ।

    निर्माण कम्पनी नीता फिल्म्स र ब्रह्मानन्दमबीच लिखित सम्झौता भएको छ । भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषण समेत प्राप्त गरेका उनलाई महंगो पारिश्रमिकमा अनुबन्धित गरिएको जनाइएको छ ।

    अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको यो फिल्ममा ब्रह्मानन्दम देखिन लागेको निर्देशक चन्द्र पन्तसँगको तस्वीरमार्फत जानकारी दिइएको छ । तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका उनी अभिनयको ‘कमिक एक्सप्रेसन’बाट चर्चित छन् ।

    यसअघि यो चलचित्रमा चर्चित भारतीय कलाकार (पुष्पाका ‘सिनुभाई’) सुनिल वर्मा, स्टार–अभिनेता गजिनी भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी कलाकार ‘अली’ समेत अनुबन्धित भइसकेका छन् । ‘ह्रस्व दीर्घ’लाई बलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ ।