× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • सम्पादकीय

    सरकार किसानलाई मल देऊ

    २ वर्ष पहिले

    सरकारले वि.सं २०६१ देखि हरेक वर्ष असार १५ गतेको दिन धान दिवस मनाउँदै आएको छ।मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो।

    नेपालको कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर करोडौँको बजेट विनियोजन गरेको हुन्छ तर त्यसको फाइदा वास्तविक किसानले पाउन सकिरहेको छैन।

    सरकारले धान दिवस भनेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको हुन्छ तर किसानले भने धान रोप्ने बेलामा रासायनिक मल पाउने सकिरहेको छैन।हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरूलाई यस वर्षको पनि धानखेतीका लागि मल अभाव भएको छ ।

    रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले बर्सेनि मलको समस्या झेल्नुपरेको छ ।धानका लागि समयमै मल नपाउँदा किसानले मात्र सास्ती भोग्नुपर्दैन, मुलुकको प्रमुख बाली भएकाले अर्थतन्त्रमा नै असर पार्दछ ।

    सरकारले किसानलाई पेन्सन दिने, विभिन्न कृषि सामग्री दिने ,अनुदान दिने कुरा गरेपनि समयमा नै मल दिने कुरामा भने सदैव चुकेको छ। त्यसैले सरकारले खेतीकिसानीको पीडा तथा वास्तविकता नबुझेको जस्तो अझ भन्नुपर्दा किसानको समस्यालाई नजरअन्दाज गरेको जस्तो देखिएको छ।

    यसरी कृषिप्रधान देशको किसानलाई नजरअन्दाज गरेर किसानको पिडालाई सम्बोधन नगरीदा किसानहरूको आक्रोश बढ्दै गएको छ। आक्रोश बढ्दै जाँदा भोलि विष्फोटको रुप लिनु भन्दा अगाडि नै सरकार किसानलाई मल देऊ।