× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा कारोबार सञ्चालन गरी उधारो रकम नतिरेर फरार ठाकुर हजाम पक्राउ

    २ वर्ष पहिले

    असार -१७, चितवनमा कारोबार सञ्चालन गरी उधारो रकम नतिरेर फरार पर्साको वीरगञ्ज महानगरपालिका–१ निवासी दशरथ ठाकुर हजामलाई वीरगञ्ज प्रहरीले पक्राउ गरेको छ ।

    चितवनको भरतपुर महानगरपालिका–४ स्थित गढीमाई सप्लायर्सका सन्चालक हजामलाई कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.४ बस्ने तिलकराम गुप्ताले उधारो कारोबार गरी फरार रहेको भनी उजुरी गरेका थिए ।

    गुप्ताले सञ्चालन गरेको मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रा.लि.बाट ठाकुर हजामले ४५ लाखको उधारो कारोबार गरी फरार रहेको आरोप छ । ठाकुर हजामलाई उच्च अदालत पाटन हेटौंडा इजलास, संयुक्त वाणिज्य इजलासले २०७६ असार ७ गते १२ लाख २६ हजार जरिवाना र ७ कैद तोकेको थियो । तर उनी फरार भएका कारण अदालतको फैसला कार्यान्वयन हुन सकेको थिएन ।

    वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले असार १५ गते साँझ ७ बजे वीरगञ्ज–१ छपकैयाबाट हजाम ठाकुरलाई पक्राउ गर्न सफल भएको थियो । असार १७ गते उनलाई पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।