३ वर्ष पहिले
असार-१९, इच्छाकामना साहित्य प्रवाह इच्छाकामनाको अध्यक्षमा एकराज शर्मा पोखरेल चयन हुनुभएको छ ।
असार १८ गते शनिबार सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा सम्पन्न साधारण सभाले शर्मालाई अध्यक्षमा चयन गरिएको हो ।
इच्छाकामना वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
सभाले उपाध्यक्षमा रामानाथ त्रिपाठी, सचिवमा शंकर सिलवाल र कोषाध्यक्षमा रोहिणी त्रिपाठी चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा रामजी त्रिपाठी, विकास त्रिपाठी,सरस्वती पोखरेल, अर्जुन बहादुर खत्री र भगवती अर्याल चयन हुनुभएको छ । साथै यस इच्छाकामना साहित्य प्रवाहको निर्वतमान अध्यक्ष कृष्णप्रसाद पोखरेल संरक्षकमा रहनुभएको छ ।
कार्यक्रममा समालोचक एवं कवि तेजविलास अधिकारी, प्रकाश अधिकरी,कृष्णप्रसाद सिलवाल, सावित्री गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।