× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यस्तो हुनेछ आजको देशभरको मौसम

    २ वर्ष पहिले

    असार -२०, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    विभागका अनुसार आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।