× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इन्धन खपत कम गर्न निगमकाे सुझाव : मोटरसाइकललाई बढीमा पाँच लिटर र कार तथा जीपलाई २० लिटरसम्म तेल वितरण गर्ने

    २ वर्ष पहिले

    असार-२०,नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई विभिन्न १० बुँदे प्रस्ताव पठाएको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा पाँच लिटर र कार तथा जीपलाई २० लिटरसम्म तेल वितरण गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो ।

    त्यस्तै सरकारी तथा निजी गाडी जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख सहरमा शनिवार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ । छोटो दुरीमा सकभर गाडीकाे प्रयोग नगरि पैदल यात्रा गर्न आह्वान गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने गाडीलगायत अन्य उपकरणहरूको आयात बन्द गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजल तथा एलपी ग्यासको खपत नगरि बिजुलीकाे प्रयाेग गर्न आह्वान गर्ने लगायतका प्रस्ताव निगमले गरेको छ ।

    इन्धनको खपत बढ्दा निगमको नोक्सानीसमेत चुलिने भएपछि निगमले यस्तो प्रस्ताव तयार गरिएको हो । तर यो प्रस्तावलाई मन्त्रालयले स्वीकृत गरेमा मात्रै लागू हुनेछ ।

    अझै पनि निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) लाई २२ अर्ब रुपैयाँ ऋण चुक्ता गर्न बाँकी रहेको जनाएको छ ।निगमले केही महिनाअघि पनि पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई सुझाव दिएको थियो । त्यसमध्ये हप्ताको दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय पनि एक महिनाभन्दा लामो समयसम्म कार्यान्वयन हुन सकेको थिएन ।