३ वर्ष पहिले
असार -२१,अमेरिकाको शिकागो शहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडलाई लक्षित गरी बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ ।
घटनामा २४ जनालाई उपचारका लागि अस्पताल लगिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।इलिनोइसस्थित हाइल्याण्ड पार्क शहरमा आयोजित परेड कार्यक्रय घटनापछि रोकिएको बताइएको छ ।
घटनामा २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीय संलग्न रहेको खुलेको प्रहरीलाई उदृत गर्दै बिबीसीले लेखेको छ ।
बन्दुकधारीले परेड शुरू भएको केही मिनेटमै गोली चलाएको बताइएको छ ।