× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रामेछापको सुनापातीमा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ९ जनाको मृत्यु

    २ वर्ष पहिले

    असार-२१,रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ । काठमाडौंतर्फ आइरहेको बा ३ ख ८३९६ नं को यात्रु बाहक बस लुभु भीरबाट खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार अहिलेसम्म २१ जना घाइतेलाई उपचारका लागि धुखिलेल अस्पताल पठाइएको छ । अन्य घाइतेहरुको उद्धार चलिरहेको छ ।

    दुर्घटनमा परी गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भईरहेको छ ।