× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सामुदायिक विद्यालयका शिक्षकहरूले भदौ २९ सम्ममा सम्पत्ति विवरण बुझाउनु पर्ने

    २ वर्ष पहिले

    असार -२२, सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ । देशभरका शिक्षकको सम्पत्ति विवरण साउन १ गतेदेखि भाद्र २९ गतेसम्म राष्ट्रिय किताब खाना (शिक्षक) मा प्राप्‍त हुने गरी राष्ट्रिय किताब खानाले सूचना जारी गरी निर्देशन दिएको छ ।

    स्थायी शिक्षकहरूले आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण विद्यालय, स्थानीय तहले संकलन गरी जिल्ला शिक्षा विकास तथा समन्वय इकाईहरूमा बुझाउनुपर्ने छ । इकाईहरूले जिल्लाका सबै शिक्षकहरूको विवरण भदौ २९ सम्ममा पठाइ सक्नुपर्ने छ।

    विद्यालयमा कार्यरत करार, राहत, बाल विकास शिक्षक, विद्यालय कर्मचारी आदिले आफू कार्यरत स्थानीय तहमा विवरण बुझाउनुपर्ने छ । स्थानीय तहले सो विवरण सुरक्षितसाथ राख्‍नुपर्ने छ । सम्पत्ति विवरण बुझाउने दिन सार्वजनिक विदा परेमा उक्त दिन किताबखाना खुला रहने छ ।

    आर्थिक वर्ष समाप्त भएको ६० दिनमा प्रत्येक शिक्षकले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको वा निस्सासहितको आवद्यिक विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।