× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सन्दीप लामिछानेले जमैकाबाट सीपीएल खेल्ने

    २ वर्ष पहिले

    असार -२२, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिगको (सीपिएल)को दशौं संस्करण खेल्ने भएका छन्।सन्दीपले जमैका तलावाजबाट सीपीएल खेल्ने भएका हुन्।

    सन्दीपले सीपीएल टी–२० को अघिल्लो संस्करण २०२० मा पनि जमैकाबाट खेलेका थिए। त्यसपछिको संस्करणमा भने सन्दीप सहभागी हुन् पाएका थिएनन्।

    उनले २०२१ को संस्करणमा भने नेपालको ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजका कारण गुमाएका थिए।

    लंका प्रिमियर लिग खेलेपछि उनी सीपीएल खेल्न जाने छन्। सीपीएलमा सन्दीप कति रकममा आवद्ध भएको भने खुलेको छैन। २०२० मा उनले एक करोड भन्दा बढी रकम पाएका थिए।